७ पुस,घोराही – घोराही उपमहानगरपालिकाको दशौँ नगरसभा सुरुभएको छ । गत असार महिना यता भएका विभिन्न निर्णय, बनेको बिधेयक तथा योजना कार्यक्रम संशोधनका विषयहरु नगरसभामा पेश हुने कार्य सूचि रहेको छ ।
आजको सभामा नगर प्रमुख नरुलाल चौधरीले असार ११ गते यता भएका ७ वटा कार्यपालिकाको बैठकका निर्णय र स्थानिय बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७८ पेश गर्नुभयो । उक्त निर्णय र विधेयक नगर सभा सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराईएको छ ।
आगामी ११ गते बस्ने नगरसभामा पेश भएका निर्णय र विधेयकका बिषयमा छलफल गरेर पारित गर्ने छ । त्यस्तै सोही सभामा नगर तथा वडाका संशोधन गर्नुपर्ने योजनाहरु समेत पेश हुने गरि बैठक स्थगित भएको हो ।।