२०८१ फाल्गुन ४ गते आइतवार

ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल मिल्दैनः प्रचण्ड



७ पुस,। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावी गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका हुन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने ।

ओलीले पार्टीमा बहसलाई निषेध गरेको आरोप पनि प्रचण्डले लगाए । ‘बहस गर्न खोज्दा बहस गर्न पाइँदैन रे ’ उनले भने, ‘अस्तिको सचिवालय बैठकमा उहाँ एक घण्टा बोल्नुभयो तर हामीले राखेको प्रस्तावलाई आरोपपत्र रे १ बोल्न पाइँदैन भन्नुभयो ।’

सचिवालयका सबै सदस्यहरु, यहाँसम्म कि, ओलीकै निकट मानिएका ईश्वर पोखरेलले समेत ‘बोल्न त सबैले पाइन्छ’ भनेपछि बल्ल आफूले बोल्न पाएको प्रचण्डले खुलासा गरे । उनले भने, ‘प्रवृत्ति हेर्नुस् कस्तो छ उहाँको १’ आफूले पार्टी एकतालाई बचाउन धेरै त्याग गरेको प्रचण्डको दावी थियो । आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरालाई छाडेको, सरकारमा जाने कुरालाई आफूले प्राथमिकता नदिइ पार्टीको भूमिकालाई नै रोजेको उल्लेख गर्दै प्रचण्डले त्यसका बाबजुद सचिवालय बैठकमा आफ्नो कुर्सी हटाइएको, अपमान गर्न खोजिएको प्रस्ट पारे ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्