७ पुस,घोराही- दाङमा दुई हजार ५ सय ४२ जनमा गरिएको स्वास्थ्य परिक्षणमा ६ दशमलब २२ प्रतिशतमा हात्तिपाईले रोगको लक्षण देखिएको । स्वास्थ्य कार्यालय दाङले घोराही, तुलसीपुर, लमही, राप्ती र गढवाका ८ स्थानमा २ हजार ५ सय ४२ जनाको स्वास्थ्य जाँच गरिएको र एक सय ५८ अर्थात ६ दशमलब २२ प्रतिशत व्यक्तिमा लक्षण देखिएको हो ।
घोराही उपमहानगरपालिका २ रामपुरमा ३ सय ११ जनामा परिक्षण गर्दा १८ जना, घोराही १० नारायणपुरमा ३ सय ३३ जनामा परिक्षण गर्दा १२ जना र घोराही १६ बाहुनडाँडाका ३ सय ९ जनामा परिक्षण गर्दा ५ जनामा हात्तिपाईले रोगको लक्षण देखिएको स्वास्थ्य कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका १० टरिगाउँका ३ सय ८ जनामा परिक्षण गर्दा ८ जनामा र तुलसीपुर १९ हाडिमेका ३ सय २२ जना मध्य ८ जनामा लक्षण देखिएको हो ।
यसैगरी लमही नगरपालिका वडा नम्बर ६ का ३ सय ७ जना मध्य १६ जनामा, गढवा गाउँपालिका ३ सय ३० जना मध्य ६२ जना र राप्ती गाउँपालिकाको सिसहनियामा ३ सय २२ जनाको स्वास्थ्य परिक्षण गर्दा २९ जनामा हात्तिपाईले रोगको लक्षण देखिएको चन्दको भनाई छ ।
दाङमा हात्तिपाईले रोगको संक्रमणलाई २ प्रतिशत भन्दा तल झार्ने उदेश्यका अनुसार बर्षेनी आम औषधी सेवनको कार्यक्रम चलिरहेको छ । १० बर्ष देखी दाङमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम जारी छ । औषधी सेवन गर्न नागरिकहरुले मन नगर्दा संक्रमणको दर बढ्ने देखिएको छ ।।