७ पुस,लमही-
देउखुरी सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष लिला शाहले सामुदायिक सेवा केन्द्रले समुदायमा हुने बिबिधखाले बिकृति बिसगति न्युनिकरणको लागी जागरणका कामहरु गर्न आबश्यक रहेको बताउनुभएको छ । बिगतमा स्थानिय तहमा हुने बिबाद समाधानको लागी सहयोगिको काम गर्दे आएकोमा अहिले स्थानिय तहका बिबाद निरुपणमा न्यायिक समिति रहेको बर्तमान अबस्थामा सामुदायिक सेवा केन्द्रले आफ्नो भुमिकारलाई फरक तरिकाले नागरिकतह सम्म लैजान आबश्यक रहेको बिचार ब्यक्त गर्नुभयो ।
देउखुरी सामुदायिक सेवा केन्द्रले आज लमहीमा सेवा केन्द्रमा नयाँ आउनुभएका प्रहरी कर्मचारी सुजाता भन्डारीको स्वागत र यस अघि कार्यरत कर्मचारी बिमला आचार्यको बिदाई कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनुभयो । सस्थाका अध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा सस्थाका कोषाध्यक्ष दिपा खेत्रिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सस्थाका निर्बतमान अध्यक्ष योगमाया शाही वडा प्रहरी कार्यालय लमहीका सहयक प्रहरी निरिक्षकशिब कुमार चौधरी , भरत सुनार लगाएतले सामुदायिक सेवा केन्द्रले स्थानिय सरोकारवाला निकायसग समाजमा बिकृति नियनत्रणका लागी हातेमोलो गर्दे काम गर्नुपर्ने बताउनुभयो । सो अबसरका देउखुरी सामुदायिक सेवा केनद्रबाट बिदाई भई रोल्पा सरुवा भएकी प्रहरी जवान बिमला आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सचालन सिता चौधरीले गर्नुभएको थियो ।