६ मंसिर,घोराही –
सल्यानको कुपिण्डे तालमा पहिलो पटक ¥याप्टिङ सञ्चालनको तयारी भएको छ । पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यका साथ डिभिजन वन कार्यालय सल्यानको आर्थिक सहयोगमा बनगाड कुपिण्डे नगरपालिकालाई तीन वटा ¥याप्टिङ हस्तान्तरण गरेको छ ।
यसअघि तालमा काठका परम्परागत डुंगा सञ्चालन रहेकोमा पहिलो पटक ¥याप्टिङ बोर्ट सञ्चालनमा ल्याइने भएको हो । आधुनिक डुंगा सञ्चालनमा ल्याएपछि तालमा आउने आन्तरिक तथा बाह्रय पर्यटकको संख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ ।
कुपिण्डेतालको पर्यापर्यटनको टेवा पुग्नुका साथै स्थानीय समुदायको रोजगारी र जीविकोपार्जनमा समेत योगदान पु¥याउने डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीको भनाई छ ।
५० लाखको लागतमा ३ वटा ¥याप्टिङ र्बोट, ३ गाइड ज्याकेट, ३ लाइफ ज्याकेट २६, पम्प ३, सेफ हाउस १, गाइड प्याडल, ३, प्याडल २६, हेल्मेट २६ लगायतका सामाग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।।