६ मंसिर,घोराही –
दाङ प्रहरीले बाघको छालासहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाका ३१ बर्षीया महेन्द्र खड्का र राजपुर गाउँपालिका ६ का ३८ बर्षीय सुर्यबहादुर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा गयराती घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोलामा बाघको एक थान छाला बरामद भएको डिएसपी रिजालले जानकारी दिनुभयो । उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।।