२०८१ चैत्र ६ गते बुधवार

रामदेवको टीभीमा सूचना विभागको छापा, कागजातहरू नियन्त्रणमा



६ मंसिर, काठमाडौं – भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलमा सूचना तथा प्रशारण विभागले छापा मारेको छ । विभागले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मागरेको हो ।

अनुगमन टोलीले दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ । पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि विभागले छानविन थालेको हो ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सो टेलिभिजन उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसमेतको उपस्थिति थियो ।

नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । तर सञ्चालन हुन लागेको दुवै टिभि विभागमा दर्ता नभएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउनु हुन्छ ।

राष्ट्रिय प्रशारण ऐन २ हजार ४९, राष्ट्रिय प्रसारण नियमावली २ हजार ५२ र प्रसारण सम्बन्धी निर्देशिका २ हजार ६० र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै टेलिभिजन सञ्चालन गर्न पाउने कानूनी व्यवस्था छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्