२०८१ मङ्सिर २४ गते सोमवार

भन्सार छली ल्याउदै गरेको सामानहरु बाँके प्रहरीद्वारा बरामद




६ मंसिर, बाँके- प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

करिब एक लाख चौबिस हजार,पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्