७ मंसिर । गृह मन्त्रालयले काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ ।
गृहले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी काली पराजुलीलाई दिइएको जनाएको छ भने हालका प्रमुख जनकराज दाहाललाई गृहमा तानेको छ ।
पराजुली दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय तानिएका थिए । दाहालले जिम्मेवारी सम्हालेको एक वर्ष नाघेकोले गृह तानिएको हो ।
त्यसैगरी गृहले भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बधु बास्तोलालाई पठाइएको छ । भट्टराई यसअघि धनुषाको सीडिओ थिए भने बास्तोला हाल गृह मन्त्रालयमा कार्यरत थिए।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार