२०८१ चैत्र ११ गते सोमवार

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको कार्यालय पाँच दिन बन्द



७ मंसिर । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कार्यालय परिसरमा बस्ने एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट दिईने अत्यवाश्यक बाहेकका अन्य सेवाहरु आजदेखी यही मंसिर ११ गते सम्मको लागी बन्द गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिकाको कार्यालय परिसरमा बस्ने ४० वर्षिया महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो ।
आज बसेको सिसिएमसीको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । तर स्वास्थ्य शाखा, कृषि शाखा, पशु स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, पुर्वाधार विकास शाखा, रोजगार शाखाहरुबाट प्रदान गरिने सेवाहरु यथावत रुपमा सुचारु भएकोे गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्