२०८१ चैत्र ११ गते सोमवार

आज देशभर १ हजार ६६९ जना कोरोना संक्रमित थपिए



७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्