२०८२ बैशाख ९ गते सोमवार

१३ वटा संगठनले स्वास्थ्य मन्त्रालयलाई बुझाए १८ बुँदे मागपत्र



७ मंसिर । स्वास्थ्यका क्रियाशील १३ वटा संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार नागरिकको निःशुल्क उपचार लगायत स्वस्थ जीवन जिउन संविधानले दिएको अधिकारप्रति सरकार गम्भीर नभनेको भन्दै स्वास्थ्यमा क्रियाशील सम्पूर्ण सरोकारवाला संगठनहरुले १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

संगठनहरुले २१ दिनभित्र माग पूरा गरी नागरिकप्रति आफ्नो दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा भविष्यमा आउने समस्याको जवाफदेही नेपाल सरकार हुनुपर्ने संगठनहरुको ज्ञापनपत्रमा उल्लेख छ।

साथै संगठनले माग पूरा गर्न सहयोग गरिदिन जनसमुदाय, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवाललाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्