७ मंसिर । कोरोना संक्रमणबाट दाङका दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गएराती मृत्यु भएको छ ।
शनिवार मध्यराती घोराही उपमहानगरपालिका–९ का ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
घोराहीका ६७ वर्षीय पुरुषमा उच्च रक्तचाप र तुलसीपुरका ६८ वर्षीय पुरुष मधुमेह रोगबाट ग्रसित भएको उनले बताए । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार