७ मंसिर । दंगाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा भएको कार्यक्रममा आधुनिक गीतिसंग्रह अनमोलको बिमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नारायण नेपाललगायतका अतिथिहरुले संग्रहको बिमोचन गरेका थिए । संग्रहमा तीन वटा आधुनिक गीत र एउटा गजल समावेश गरिएको गीतकार प्रवल विष्टले जानकारी दिएका छन् । उनले संग्रह नयाँ र पुराना गीतहरुको आफ्नो दोश्रो गीतिसंग्रह भएको बताए । ‘
गजल अभियान दाङका अध्यक्ष समेत रहेका बिष्टले अहिलेको अटिल परिस्थीतिमा साहित्यका माध्यमबाट केही गरौ भन्ने उद्देश्यले कृति ल्याएको समेत बताए ।गीतिसंग्रहमा दाङ निवासी विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । श्रेष्ठको यो ३६ औं एकल संगीतवद्ध एल्वम हो । गीतिसंग्रह अनमोलमा बिष्टको एकल रचना र श्रेष्ठको एकल संगीत रहेको छ । गीतिसंग्रहमा ‘जीवन संघर्ष हो‘’,‘दुई वटा मुुटु जोड्ने पुल’,‘चल्दैन चल्दैन’, तिमीले अर्कैलाई रोजेको दिन’लगायतका गीतहरुमा गायक नरेन्द्र प्यासी, डिसी बिजय अधिकारी, गायीका बिन्दु परियार र सुप्रिया पाण्डेको स्वर रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार नारायण नेपालले संकटको समयमा ल्याइएको गीतिसंग्रहले गीतकारलाई गतिशिल बनाउने बताए । ‘कोरोना संकटको डरले साधक स्थीर हुनुहुदैन । लेखक तथा साहित्यकार गतिशिल हुन आवश्यक छ’–उनले भने–‘संकटको समयमा साहित्यकारले सिर्जनामा ध्यान दिन सके साहित्यकार गतिशिलसँगै स्थापित हुन सक्छ ।’ उनले अनमोल गीति संग्रह सही समयमा आएको समेत बताए ।
विश्वकिर्तीमानी संगीतकार सन्तोष श्रेष्ठले कोरोनाका कारण जटिल बनेको पस्थिीतिमा साहित्यीक क्षेत्रबाट केही गरौ भन्ने उद्देश्यले गीति संग्रह ल्याइएको बताए । उनले एउटा गजल र तीन वटा गीतहरु समावेश गरिएको संग्रहमा मायाप्रेमसँगै जीवन दर्शनका कुराहरु समावेश गरिएको बताए । ‘गीति संग्रहमा मायाप्रेमसँगै जीवन संघर्षका कुराहरुलाई समेटिएको छ’–उनले भने–‘त्यी गीतहरुले मनमोरञ्जनसँगै जीवनलाई सफल बनाउन सन्देश समेत दिनेछन् ।’
कार्यक्रममा समिक्षक गीतकार प्रकाश केसीले गीत र गजलको संयुक्त संग्रहका रुपमा आएको अनमोल गीति संग्रहले समाजका सवै कुराहरुलाई सम्वोधन गरेकाले उत्कृष्ठ बन्न पुगेको बताएका थिए । उनले गीतिसंग्रहमा रहेका गीतका शव्द, संगीत र गायनका दृष्टिले राम्रो संग्रह बन्न पुगेको बताएका थिए ।
त्यसैगरी गायिका सुप्रिया पाण्डेले गीतिसंग्रहमा रहेका गीतहरु सुनेर वा भिडियो हेरेर माया गरिदिन आग्रह गरेकी थिइन । राप्ती साहित्य परिषद दाङ शाखाका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण साहित्यकार आदिम केसीले गरेका थिए ।