६ कात्तिक,घोराही- बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर पाँगा बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसी छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार पाँगाबाट पक्राउ गरेको हो । उनीविरुद्ध २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कार र गर्भपतनको जाहेरी परेको थियो । पछि उच्च अदालत सुर्खेतको २४ वैशाख २०८१ मा उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार