२०८१ माघ १२ गते शनिवार

बाढी प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम



५ कार्तिक, घोराही –
बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा संक्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । सकेसम्म उमालेको पानी पिउन र त्यो सम्भव नभए पानीलाई निर्मलीकरण गरेर मात्र पिउन उहाँको आग्रह छ ।

अहिलेसम्म बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा संक्रमण भने देखिएको छैन । तर, जोखिम उच्च रहेकाले आवश्यक सावधानी भने अपनाउनु पर्नेमा स्वास्थ्यकर्मीको जोड छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्