६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३६३७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार नाघेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार