‘द लाखे ब्यान्ड’ द्धारा दशैंको अवसरमा पृथक शैलीमा मालाश्री धुन सार्वजनिक गरेको छ । विगत १३ वर्ष अगाडी यो ब्यान्डको स्थापना भएको थियो । वि.स.२०४६ सालमा स्थापना भएको यस ब्यान्डले स्थापनाकालबाटै आफूलाई पृथक रुपमा प्रस्तुत गर्दै आईरहेको छ । यसैक्रममा यो ब्यान्डले दशैं बिशेष मालाश्री धुन सार्वजनिक गरेको हो ।
‘द लाखे ब्यान्ड’ ले सार्वजनिक गरेको फ्यूजन धुनको गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधार र दीपेन शाक्य रहेका छन् । यसैगरी बेसमा प्रमोद आचार्य रहेका छन् भने ड्रममा ईन्द्रमान महर्जन रहेका छन् । आफूहरुल मिहेनतका साथ तयार पारिएको यस मालश्री धुनलाई श्रोताहरुले रुचाउनेमा विश्वस्त रहेको ब्यान्डका संस्थापक नवरस श्रेष्ठको भनाई छ ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DS2mxbfLJR2o%26feature%3Dyoutu.be%26fbclid%3DIwAR2OPWUg0e_79_Z9BAAyLyHmYnOxT9o_KWBMFDyPtUuOOKnKv6OZa1ANxCc&h=AT1OT8FtFDivJlg9PHXyOE1SPnbfIiO4MDfbrj6rV8NWDuvI-jIRaReOH8TRVucrzci1cSImvYrJUymkaatS3-eUjkDEDiuQs1gumQqg7UnNh2UHjhPkfOpshsMdolIVrBkhssE3rcqcGhY