२०८१ कार्तिक २३ गते शुक्रवार

गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे : अध्यक्ष थापा



६ कार्तिक ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले बुधवारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पुजाआज गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।


अध्यक्षथापाले एम्बुलेन्स सेवा सञ्चालनको उद्घाटन गर्दै यहाँका जनताहरुले अब सजिलै औषधी उपचार सेवा पाउने बताउनुभएको छ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे थापाले बताउनुभयो ।

स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दै मानिस स्वास्थ्य रहे मात्र विकासका क्षेत्रमा फड्को मार्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनताले सम्बन्धित ठाउँमा पुग्न निकै समस्या भोग्दै आएका थिए । कतिपय अवस्थमा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्यु हुने समेत ग¥थ्यो तर यी बाध्यता अबदेखि हट्ने भएको छ । अबदेखि नागरिकहरुले समयमै औषधी उपचार गर्न एम्बुलेन्स सेवा पाउने भएका हुन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस ९कोभिड–१९०को कारण गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालनमा भएपछि पालिकावासी खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्