२०८२ बैशाख ९ गते सोमवार

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु



५ कात्तिक । बुटवलको कोराना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनका ३८ वर्षीय र रुपन्देहीको तिलोत्तमाका ८१ वर्षीय पुरुष रहेको छ ।

उनीहरु दुवैको आईसीयूमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

योसँग कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्