५ कात्तिक । नारीमाथि हुने विभिन्न प्रकारका हिंसा रोक्न माग गर्दै गुल्मी धुर्कोटका युवायुवती बुधबार अपराह्नपख सडकमा उत्रिएका छन् । पछिल्लो समय नारीमाथि बलात्कार, हत्या, एसिड आक्रमण लगाएत जघन्य अपराध बढेको भन्दै दोषीलाई कडा भन्दा कडा सजाएको माग गरेका छन् । धुर्कोट गाउँपालिकाको वडा नम्बर ५ बस्तु बाट निकालिएको सचेतना मूलक कार्यक्रममा युवाहरु कालोवस्त्रमा उत्रिएका थिए ।
उनीहरुले नारीमाथि बलात्कारजन्य घटना बढेको भन्दै यसप्रकारका घटना रोक्न सरकारलाई दबाब दिएका थिए । बस्तु बाट नारा संगै आफ्ना मागहरु राख्दै युवाहरुको टोलि धुर्कोट गाउँपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
आस्था भण्डारीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा धुर्कोट युवा मञ्चका संयोजक रक्षा भण्डारीको अध्यक्षता रहेको थियो । अध्यक्ष भण्डारीले गाउँपालिकामा जगन्य अपराध एबम हत्या , हिंसा र बलात्कारका घाटना घट्न नदिनका लागि समग्रको प्रतिनिधित्व गर्दै प्रमुख अतिथी मार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथी तथा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले हत्या हिंसा र बलात्कार रोक्नका लागि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभएको थियो । उहाँले विद्यार्थी , युवायुवती एबम महिलाहरुलाई सामाजिक सचेतना कार्यक्रम सम्पन्न गर्दै आएको बताउनुभएको थियो । उहाँले समाजमा नैतिक शिक्षाको कमि भएको कारणले यस्ता घटना घटिरहेको र अश्लील समाचार संगै भिडियोले झन प्रोत्साहन गरेको बताउनुभएको थियो ।
त्यस्तै प्रशासन सहायक बिना खनाल , सिअएब सुनिता सारु घर्ती , धुर्कोट ७ र ६ का वडा सदस्यहरु सम्झना घिमिरे , मधु दर्जी लगायतले मन्तव्य राख्दै समाजमा पितृसत्तात्मक सोचले जरो गाडेको र त्यो सोच अन्त्य नहुदाँसम्म तबसम्म महिलाहरु हिंसामा पर्ने बताउनुभयो । पीडितको वास्तविक न्यायको दबाबका लागि रहेको यो कार्यक्रम निकै उत्कृष्ट रहेको र सबैले कार्यक्रमको बारेमा सबै माझ सकारात्मक भाव प्रस्तुत गर्नुहुन समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा युवासंगै विभिन्न उमेर समूहका नारी तथा पुरुषको सहभागीता देखिन्थ्यो । कार्यक्रममा सहभागीहरुले ‘नारीको मन छुने गर शरीर हैन, नारीलाई देवीको रुपमा लिने गर स्वार्थको रुपमा हैन, मेरो कपडा छोटो कि तिम्रो सोच रु, नारी राष्ट्रपति तरपनि महिला हिंसा अति, खुलमखुला बलात्कारी बनाउँदै छन् नेता जी, कहिले एसिड कहिले बलात्कार कतिसम्म सहने सरकार’ लगाएत लेखिएको प्लेकार्ड सहित नाराबाजी गरेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक अभियानता एबम विद्यार्थी नेतृ सिर्जना गिरिले गर्नुभएको थियो ।