२०८१ माघ २६ गते शनिवार

जातीय विभेद गरेको आराेपमा घरबेटीलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश



६ असोज, दाङ –

सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

गत असार १ गते कोठा खोज्न गएकी सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोप घरबेटी प्रधानमाथि लागेको थियो । आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरूद्ध जाहेरी दिएकी थिइन्।

प्रधानलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले धरौटी तिर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्