६ असोज,घोराही –
दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १३ जनामा एन्टिजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा राप्तीका ६ जना, घोराही र लमहीका दुई÷दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज तुलसीपुरका ३ जना कोरोना मुक्त भएका छन् ।
आज थप १० जना सँगै दाङमा सकृय बिरामीको संख्या ८७ रहेको छ । ति मध्य घरमा ७८ जना, ६ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ६९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५७ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।।