६ असोज, घोराही –
भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ बस्ने २५ वर्षिया संगीता पुन र उहाँकी २ वर्षिया छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको होङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो । रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका ३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार