२०८२ बैशाख १२ गते बिहिवार

तुलसीपुरले चार वटा नदी तथा खोलाबाट नदीजन्य पदार्थ निकाल्दै



६ असोज,घोराही –
तुलसीपुर उपमहानगरपालिकाले चारवटा नदी तथा खोलाबाट नदीजन्य पदार्थ निकाल्नकालागि प्रक्रिया अघि बढाएको छ ।

बबई नदी, भमकेखोला, ग्वारखोला, पातुखोला र सक्राम खोलाबाट नदीजन्य पदार्थ निकाल्नकालागि टेन्डर आह्वान गरेको हो । तुलसीपुर उपमहानगरपालिका कार्यापालिकाको भदौ २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले हिजो सूचना प्रकाशन गरेको हो । त्यसको ३० दिन भित्र आवदेन दिन आह्वान गरिएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्