२०८१ मङ्सिर २४ गते सोमवार

कुलाको पानी बस्तीमा पस्दा लाखौँको क्षति



६ असोज,घोराही –
गएराती परेको अविरल बर्षातले लमही नगरपालिका ३ टिकुलीगढका करिब एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ । प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयले थालनी गरेको नारायणपुर सिंचाई आयोजनाको कुलाको पानी र पहाड बाट झरेको पानीले बस्तीमा पसेर क्षति गरेको हो ।

राती १ बजेदेखि परेको अविरल वर्षाको पानी बस्तीमा पसेको हो । पानीले अन्नपात, लत्ताकपडा, बालबालिकाका किताब कापी पूर्णरुपमा भिजाएर कामै नलाग्ने बनाइदिएको छ भने काट्नका लागि तयार भएको धानबालीमा समेत नोक्सान पु¥याएको छ ।

धनिराम चौधरी, बिनिता चौधरी, नीमा चौधरी, टोप बहादुर वली, काशीराम चौधरी, पुनिराम चौधरी, पतिराम चौधरी, राज कुमार चौधरी, सिताराम चौधरी लगायत एक दर्जन घरमा पानीले क्षति गरेको हो ।

समयमै ठेकेदारले कुलाको काम नगर्दा यस्तो समस्या भोग्नु परेको उनीहरुको आरोप छ । अहिले वडा प्रहरी कार्यालय लमही बाट प्रहरी घटनास्थलमा पुगेरको छ । प्रहरीले लाखौँ रुपैयाँको क्षति भएको अनुमान गरेको छ ।।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्