२०८१ चैत्र ६ गते बुधवार

गुल्मीमा पहिरोमा पुरिएर जुम्ल्याहा दिदिबहिनी सहित ३ जनाको मृत्यु



६ असोज,घोराही –
गुल्मीमा गयराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका ८ खानिगाउँ निवासी तिलक परियारका छोरी २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताउनुभयो । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्