२०८१ चैत्र १३ गते बुधवार

तरकारीमा आत्मनिर्भर बन्दै दाङ



६ असोज,घोराही –
दाङ पछिल्लो समय तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । घोराहीमा रहेका तरकारी बजारमा जिल्लामै उत्पादन भएका तरकारी आउने गरेको छ । जिल्लामै उत्पादन भएकै मौसमी तथा बेमौसमी तरकारीहरु आफ्नो पसलमा आउने गरेको घोराही सब्जीमण्डीमा तरकारी पसल गर्दै आउनुभएका सुवास घर्तीले बताउनुभयो ।

यस्तै तरकारी व्यवसायीसमेत रहनुभएका तरकारी व्यवसायी संघका अध्यक्ष गुलाम रसुलले पनि मौसमी तरकारीको जिल्लामा उत्पादन धेरै हुने गरेको बताउनुभयो । काँक्रा, सेमी, बोडी लगायतको तरकारी प्रशस्त मात्रामा रहेको उहाँको भनाई छ । अध्यक्ष रसुलका अनुसार बेमौसमी तरकारी २०/२५ प्रतिशत मात्र बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको छ ।

यस्तै कृषि ज्ञान केन्द्र दाङको तीन वर्षको तथ्यांक अनुसार जिल्लामा तरकारी उत्पादन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा ७९ हजार २ सय ७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । यो उत्पादन बढेर आर्थिक वर्ष २०७६/०७७ मा ७९ हजार ७ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै गएको आर्थिक वर्ष २०७७/०७ मा उत्पादन बढेर ८० हजार ३ सय ४० मेट्रिक टन पुगेको छ ।।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्