२०८१ असोज २४ गते बिहिवार

सल्यानमा राउटे समुदायले स्वास्थ्य परीक्षण गराउन मान्दैनन्



६ भदौ, सल्यान  कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ । शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका छन् ।

खाद्यन्नलगायत अन्य सामानका लागि अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताए । स्वास्थ्य परीक्षण् गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाइ छ । छाला, बाथ, घुँडा दुख्ने जस्ता समस्या देखिएको उनको भनाइ छ ।

उपचारमा राउटे समुदाय सक्रिय नहुँदा उनीहरूको स्वास्थ्य आउने समस्या के हो त्यो पहिचान गर्न नसकिएको डा. जैसीले बताए । उनले भने महिलाहरू अगाडि आएर जाँच गर्न हिचकिचाउने, बोल्न नमान्ने गरेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न सकिएन ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्