२०८१ चैत्र ६ गते बुधवार

दाङका दुई उपमहानगरमा ६४ करोड ६५ लाख बेरुजु



६ भदौ, घोराही – दाङको घोराही उपमहानगरपालिकामा हालसम्म ३० करोड ९७ लाख र तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख रुपैयाँ बेरुजु देखिएको छ । दाङका दुई उपमहानगरपालिकाको बेरुजु रकम ६४ करोड ६५ लाख पुगेको महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदमा घोराहीमा हालसम्म ३० करोड ९७ लाख बेरुजु रहेको छ । बेरुजु रहेको रकममध्ये पेश्की बेरुजु ६ लाख रूपैयाँ छ । उपमहानगरपालिकाको यस वर्षको बेरुजु ११ करोड १२ लाख रूपैयाँ छ । यस वर्षको बेरुजु प्रतिशतमा २.८१ छ । घोराही उपमहानगरपालिकामा ३ अर्ब ९ ५ करोड २५ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।

उता तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख बेरुजु रहेको छ । बेरुजुमध्ये पेश्की बेरुजु १५ लाख रूपैया छ । यस वर्षको बेरुजु १३ करोड ७० लाख रूपैयाँ थप भएको छ । यस वर्षको बेरुजु प्रतिशतमा ३ दशमलव ७३ प्रतिशत रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिकामा ३ अर्ब ६७ करोड १९ लाख रकमको लेखापरीक्षण गरिएको थियो । दाङ दुई उपमहानगरपालिकामा बेरुजु रकम प्रत्येक वर्ष थपिँदै गएको देखिन्छ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये यो वर्ष लेखापरीक्षण सम्पन्न भएका ६ सय ९४ वटा स्थानीय तहको ८ खर्ब १३ अर्ब ९५ करोड ४५ लाख रकमको लेखापरीक्षण गरिएको छ ।

लेखापरीक्षणबाट सबैभन्दा बढी बेरुजु महानगरपालिकामा ७ दशमलव ३८ प्रतिशत रहेकोे छ । सबैभन्दा कम उपमहानगरपालिकामा ४ दशमलव शून्य ४ प्रतिशत बेरुजु रहेको पाइएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्