२०८१ माघ २६ गते शनिवार

कोरोनाका कारण दाङका एक जनाको मृत्युु



६ भदौ,घोराही – कोरोना संक्रमणका कारण दाङका थप एक जनाको मृत्युु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ६ का ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यही साउन २७ गते बुधबार कोरोना पुष्टि भई २८ गतेबाट भेरी अस्पतालमा उपचाररत ती पुरुषको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको हो ।

दाङमा बैशाख यता कोरोनाका कारण २ सय ११ जनाको मृत्यु भएको छ भने अहिले सम्म मृत्यु हुनको संख्या २ सय ५९ पुगेको छ । यस्तै दाङमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ४ सय ८९ जना पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दोस्रो लहरको महामारी सुरुपछि बैशाख यता मात्रै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय १ पुगेको छ । अहिले दाङमा संत्रृmय संक्रमितको संख्या १ सय ५९ जना पुगेको कार्यालयले जनाएको छ । तिमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् । कुल संक्रमित १ सय ५९ जना मध्ये अहिले घरमा १ सय ६७ जना र अस्पतालनमा १९ रहेको कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्