२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु



६ भदौ, घोराही –
दाङको तुलसीपुरमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिस्नेधारा निवासी ४८ वर्षिय कर्णबहादुर मल्लको अरिंगालको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

हिजो बेलुका ५ बजेतिर आफ्नै बारीमा घाँस काट्ने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मल्ललाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके लैजादै गर्दा गएराती १२ बजे बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्