६ भदौ,घोराही –
नेवार समुदायले परम्परागत रुपमा मनाउदै आएको गाईजात्रा दाङमा स्वास्थ्य सुरक्षाका विच मनाईने भएको छ । वर्ष भरी नेवार समुदायमा दिवंगत भएकाहरुको घर घरवाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरुप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यू पछि भावविभ्वल रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन शुरु गरेको वताईएको छ । त्यस वेला देखी निरन्तर दाङमा गाईजात्रा निकाल्ने परम्परा रहेको जात्रा संयोजक विमलमान श्रेष्ठको भनाई छ ।
डोको र बाँसबाट मानव आकृति निर्माण गरी मादल, बासुरी र मुजुराको तालमा नाच्दै बजार परिक्रमा गर्ने चलन छ । पछिल्लो समय युवा पुस्ता अध्ययन र कामको शिलशिलामा जिल्ला वाहिर जाने र भएकाले पनि चासो नदिँदा कतै नेवारी संस्कृति र परम्परा लोप हुने आशंका पनि उब्जाएको छ ।
दाङको घोराही क्षेत्रमा मात्र यस वर्ष घोराहीमा १७ घरवाट गाईजात्रा निकालिदै छ । गाईजात्रा पर्व मनाउन भोली ७ गते विहान ११.३० वजे काठेकोहल स्थित भिमसेन मन्दिरमा भेला हुन सम्पुर्ण नेवार समुदाय तथा नगरवासीमा समितिले अनुरोध गरेको छ ।।