२०८१ असार २ गते शनिवार

जनमोर्चाले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने



 

६ साउन,घोराही –  राष्ट्रिय जनमोर्चा दाङले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । आगामी साउन १५ गतेदेखि असोज मसन्तासम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालनको तयारी भएको राष्ट्रिय जनोकोचा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा बसेको बैठकले संघीयताको खारेजी राष्ट्रियताको रक्षा र संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले एमसिसी, एसपिपी र नागरिकता विधेयक लगायत राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बन्दै गएकाले अभियान चलाउने बारे निर्णय गरेको जनाएको छ ।

अभियान अन्तर्गत साउन मसान्तभित्र सबै पालिकाको बैठक बस्ने, भदौ १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने र भदौ १६ गतदेखि मसान्तसम्म सम्पूर्ण टोलहरुको भेला गरी समिती बनाउने र असोज महिना भर जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय भएको अध्यक्ष आचार्यको भनाई छ ।।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्