२०८१ माघ ७ गते सोमवार

सुत्केरी महिलालाई थप उपचारको लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइयो



७ असार,सल्यान् –
सल्यानमा सुत्केरी महिलालाइ हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागी सुर्खेत पठाइएको छ । महोत्तरीको जिल्लाको सोन्मा गाउँपालिका–१ निवासी हाल शारदा नगरपालिका–२ बस्ने २० वर्षीया अर्चना कुमारी यादबलाइ सल्यान अस्पतालमा शल्यकृयाबाट बच्चा जन्मिएको दुइ दिनपछि समस्या देखिएपछि थप उपचारका लागी सुर्खेत पठाइएको डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

शल्यकृया पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने कुरालाइ मध्यनजर गर्दै थप उपचारक लागी दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागी हवाइ उद्धार सम्बन्धी कार्यविधि२०७५ अनुसार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्