८ असार, घोराही –आज दाङमा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार ९० जनामा परिक्षण गर्दा ६ महिला र १३ पुरुष गरि १९ जनामा कोरोना देखिएको हो ।
त्यस्तै वितेको २४ घण्टामा ९७ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार ३ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ७ सय ३४ पुगेको छ । आज जिल्लामा १ सय ७७ जना सक्रिय संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।
संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा १ सय २६ जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै ३७ जना सामान्य उपचारमा छन् भने १५ जना आईसियुमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।।