२०८१ भाद्र २९ गते शनिवार

दिदी बहिनी बलात्कार गरेका आरोपित बिरुद्ध ३ वटा शिर्षकमा मुद्दा दर्ता



८ असार, घोराही-
दाङको लमही जंगलमा दिदी बहिनीमाथि आइतरबार राति भएको सामुहिक बलात्कारको घटनाका तीन आरोपित बिरुद्ध प्रहरीले तीन वटा शिर्षकमा मुद्दा चलाएको छ । पीडितको जाहेरीका आधारमा वडा प्रहरी कार्यालयले आज आरोपित बिरुद्ध जवरजस्ती करणी, अपहरण तथा शरिर बन्धक र डकैती शिर्षकमा मुद्दा चलाएको छ ।

तीन वटा शिर्षकमा मुद्दा दर्ता गरि घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिनुभएको छ । प्रहरीले उक्त घटना निकै संबेदनसिल र जघन्य अपराध अन्तरर्गत राखेर फरार दूूई आरोपितको खोजी कार्य तीब्र पारेको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्