
८ जेठ, घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले चालू आर्थिक वर्षको वितेकाे १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेकाे सेवासँगै आगामि दिनमा थप्न लागेकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी गराउँदै आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सफल भएको बताएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेकाे अध्यक्षतामा भएको कार्यक्रममा सबै खालका स्वास्थ्य सेवाकाे स्तर बढाउदै लगेकाे जानकारी गराईएकाे छ । बैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसुति सेवा, मेशिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाकाे सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएकाे प्रतिष्ठानका रजिस्ट्रार डा. प्रकाश थापाले जानकारी गराउनुभयाे ।
यस्तै आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगाे अस्पताल प्रशासन, मेडिकल टाेलीले विशेषज्ञसहितकाे सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेकाे बताउनुभयो । कार्यक्रममा प्रसुति राेग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतलगायतले बिरामीमैत्री सेवा प्रवाहका लागि अाफुहरु लागि परेकाे बताउनुभयाे ।
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार