२०८१ जेष्ठ ३० गते बुधवार

जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह



९ वैशाख, घोराही- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि संक्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ ।

कोभिड–१९ को संक्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

उहाँले संख्यात्मकरूपमा संक्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागि समेत सबैलाई आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्