२०८१ चैत्र १० गते आइतवार

घोराहीमा तिन दिने खोज पत्रकारीता तालिम सुरु



 ९ बैशाख,घोराही/ 
घोराहीमा आजदेखी तिन दिने खोज पत्रकारीता तालिम सुरु भएको छ । पत्रकार महिला मञ्च दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।

मञ्चका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले खोज पत्रकारीतालाई महत्व र प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

समाजमा दविएर रहेका विषयवस्तुलाई खोज पत्रकारीताको माध्यम मार्फत बाहिर ल्याउनका लागि यस्ता तालिमले प्रभावकारी भुमिका खेल्ने भन्दै सिकेका विषयलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

११ गतेसम्म सञ्चालन भएको हुने तालिमको प्रशिक्षकमा लक्ष्मी आचार्य, नरेन्द्र केसी, शुसिल गौतम र जेएन सागर रहनुभएको छ । तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

पत्रकार महिला मञ्चका उपाध्यक्ष सुशिला आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सहजिकरण सहसचिव रञ्जिता शर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्