९ चैत, घोराही –दाङको घोराहीमा प्रतिगामी चिन्तन विरुद्ध सडक कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । लुम्विनी प्रदेशका १२ वटै जिल्लामा एकै साथ शनिवार दिउसो २ बजेदेखी सडक कविता वचन कार्यक्रम सम्पन्न गरिएको प्रगतिशिल लेखक संघले जनाएको छ ।
जस अन्तरगत घोराहीको सहित गेटमा प्रलेश दाङका उपाध्यक्ष रेशम विसीको अध्यक्षतामा कार्यक्रम गरी गणतन्त्रको पक्षमा कविताहरु बचन गरिएको थियो । संघका अध्यक्ष खगराज न्यौपाने, डा. हिमलाल पन्थी, सिता विक, रामप्रसाद जैसी, लेखराज रेग्मी, साहित्यकार डा. शशिधर भण्डारी, यम रेग्मी, नेकपा माओवादी केन्द्र दाङका ईन्चिार्ज निर्मल आचार्यलगाएतले गणतन्त्रका पक्षमा कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रदेश दाङका सचिव पुरण शर्मा र सहसचिव सुशिला आचार्यले गर्नुभएको थियो ।