९ चैत, घोराही – दाङमा दङ्गाली कलाकार कल्याणकारी कोषको तदर्थ समिति गठन गरिएको छ । कलाकार, स्रष्टा, सर्जक लगायतलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हिसाबले कल्याणकारी कोष स्थापना गर्न राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा ९ सदस्यी तदर्थ समिति गठन गरिएको हो ।
जसको सदस्यमा प्रेम शर्मा, राजेन्द्र चौधरी, फनेश्वर गुप्ता, रुचा मगर, गणेश गन्धर्व, चाहाना झाँक्रि मगर, सिता थापा र सुदन थापा रहनुभएको छ । जिल्लामा क्रृयाशिल सय भन्दा बढि कलाकारहरुको उपस्थिती रहेको भेलाले कोषको नामाकरण र तदर्थ समिति गठन गरेको हो ।
समितिका संयोजक दाहालले कलाकारिता क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि निमार्ण हुने कोषलाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । समितिले विपतका घटनाबाट पिडित तथा गम्भीर रोगी जस्ता दुखमा परेका कलाकारको हितमा काम गर्ने उहाँको भनाई छ ।।