२०८२ बैशाख ९ गते सोमवार

लियो क्लब अफ राप्ती इन्जिनियरिङद्धारा आनन्दपुर टोलमा सरसफाइ



९ चैत, घोराही – लियो क्लब अफ राप्ती इन्जिनियरिङले घोराही १५ आनन्दपुर टोलमा सरसफाइ गरेको छ । सफा शहर, सुन्दर समाजको परिकल्पनालाई साकार पार्ने उद्देश्यसहित आज बिहान ६ बजे देखि ९ बजे सम्म विशेष सरसफाइ अभियान सम्पन्न गरेको हो ।

अभियानका संयोजक तथा रुटिन अफ रुकुमका अध्यक्ष नवीन जैसिको अध्यक्षता एवं आनन्दपुर टोल विकास समितिका अध्यक्ष ईश्वरी पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय, लियो क्लब अफ राप्ती इन्जिनियरिङ र प्रेस सेन्टर नेपाल दाङका सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक स्थानहरू, सडक किनार, फोहोर जम्मा हुने क्षेत्रहरू सफा गर्नुका साथै फोहोर व्यवस्थापनको उचित उपायबारे स्थानीयलाई जानकारी गराएका थिए ।

आयोजक लियो क्लब अफ राप्ती इन्जिनियरिङका प्रथम उपाध्यक्ष मनोज कुमार शर्माले यस अभियानको सफलतासँगै, आगामी दिनमा घोराहीका विभिन्न टोल तथा क्षेत्रहरूमा यस्तै सफाइ अभियान सञ्चालन गर्ने बताउनुभयो । “सफा समाज, स्वस्थ जीवन“ नारालाई आत्मसात गर्दै, यस्ता अभियानहरूलाई निरन्तरता दिने उहाँको भनाई थियो ।।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्