२०८२ बैशाख ९ गते सोमवार

पत्रीका लिएर तुलसीपुर जाँदै गरेका सुवेदीको दुर्घटनामा परेर मृत्यु



९ चैत दाङ –दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिकलगाएतका पत्रिका तुलसीपुरसम्म पुर्याउने काम गर्दै आउनुभएको थियो । आज पनी बिहानै पत्रिका लिएर तुलसीपुर आउने क्रममा उहाँ दुर्घटनामा परेको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्