२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा एक बृद्ध महिला मृत अवस्थामा फेला



८ चैत, घोराही – दाङमा एक बृद्ध महिला मृत अवस्थामा फेला परेकी छन् । शान्तिनगर ६ कोर्वाङको नर्सरी कुला नजिकै बबई ७ रावतरा निवासी ६५ बर्षीया गंगी कवर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुदाली मगरले जानकारी दिनुभयो ।

घरबाट कोर्वाङ खेतमा काम गर्न पुगेकी कवर आज दिउँसो २ बजे तिर मृत अवस्थामा फेला पर्नुभएको हो । मृतक कवरको अनुहारका केही भागमा धारिलो हतियार हसिया प्रहार भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख चुदाली मगरले बताउनुभयो । शव नजिकै हसियाँ भेटिएकाले हसियाँ खोपेर मारेको हुन सक्ने प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्