२०८१ चैत्र १० गते आइतवार

घोराहीमा जारी प्रदर्शनी एक दिन थप



८ चैत, घोराही –
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप गरिएको छ । नागरिकको माग अनुसार एक दिन थप गरिएको प्रदर्शनी मुख्य आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो ।

अव प्रदर्शनी चैत ९ गते भोली सकिने भएको छ । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा आज कलाकार प्रिती आले, मिस्टर आर जे, सगुन थापा, सर्मिला अर्याल तथा अन्य कलाकारको प्रस्तुती रहने छ ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्