२०८१ असोज २३ गते बुधवार

कोरोनाको फेरी त्रास, सीमा नाकामा कडाइ



 ९ चैत्र,घोराही ।
छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र,मध्यप्रदेश,गुजरातमा केही दिनदेखि रात्रीकालिन कर्फ्यु जारी गरेको छ ।

महाराष्ट्र,तमिलनाडु,पञ्जाब,मध्यप्रदेश,दिल्ली,कर्नाटक,हरियाणा,गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले कोरोना संक्रमण दर बढ्न थालेपछि सभा,जुलस,भेला, ¥याली,बैठक तथा जमघट नगर्न निर्देशन दिएको छ । केही दिनयता भारतका विभिन्न स्थानमा संक्रमण बढेपछि नेपाल–भारत सीमामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो ।

महाशाखाले स्थालमार्ग हुँदै नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य रुपमा क्वारेन्टिनमा १० दिनसम्म राख्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । अन्य राष्ट्रबाट हवाई मार्ग हुँदै आउनेहरू अनिवार्य रुपमा ७२ घण्टा अघि पिसिआर रिपोर्ट लिएर आउने भएकाले स्थलमार्गमा जस्तो धेरै समस्या नहुने प्रमुख डा. पौडेलको भनाइ छ ।।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्