२०८१ फाल्गुन ४ गते आइतवार

लुम्बिनी प्रदेश सरकारले तीन ठूला नदिको जलाधार ब्यवस्थापन गर्दै



९ चैत,घोराही ।
लुम्बिनी प्रदेश सरकारले राप्ती, बबई र तिनाउ नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना बनाउन थालेको छ । प्रदेश सरकारले आगामी दश वर्षलाई लक्षित गरेर लुम्बिनी प्रदेश भित्र पर्ने तीन ठूला जलाधार क्षेत्रको व्यवस्थापनको लागि योजना बनाउन थालेको हो ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयले नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना बनाउन थालेको मन्त्रालयका भूसंरक्षण अधिकृत शेषदत्त चौधरीले जानकारी दिनुभयो । नदी प्रणालीमा आधारित छुट्टा छुट्टै जलाधार व्यवस्थापन योजना तर्जुमा गर्न थालिएको उहाँले बताउनुभयो ।

असन्तुलीत बसाईसराई, चरम शहरीकरण, औद्योगिकरण, सार्वजनिक जग्गा अतिक्रमण, बन विनास हुँदै गएको जलश्रोत बिज्ञ श्यामसुन्दर श्रेष्ठले बताउनुभयो । प्राकृतिक प्रकोप र विपत्तिलाई मध्यनजर गर्दै सरकारले प्रदेशका प्रमुख तीन नदी प्रणालीको जलाधार व्यवस्थापन योजना तर्जुमाको पहल गरिएको जनाएको छ ।।

 

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्