२०८१ बैशाख २ गते आइतवार

२० वर्षीया युवतीलाई जर्बजस्ती करणीको आरोपमा १५ वर्षीय किशोर पक्राउ



८ चैत, स्याङ्जा । आँधीखोला गाउँपालिकामा २० वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । बोल्न, सुन्न नसक्ने युवतीलाई किशोरले बलात्कार गरेको आरोप छ ।

युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।

पीडितले आइतबार प्रहरीमा जाहेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्