१० फागुन,घोराही- दाङमा एक महिने सवारी चालक तालिम आजबाट शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र पुर्ब प्रहरी संगठन जिल्ला कार्य समिती दाङको संयुक्त आयोजना एवम् लुम्बिनी प्रदेश प्रहरी कल्याण कोषको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिममा शहिद प्रहरी परिवारका ५ जना, पुर्ब प्रहरी र पर्ब प्रहरीका सन्तान २/२ जना गरि १० जनाको सहभागिता रहेको छ । वयल होब ड्राईभिङ सेन्टर खैरामा तालिम सन्चालन गरिएको पुर्ब प्रहरी संगठन जिल्ला कार्य समिती दाङका अध्यक्ष रोबरबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार